बिहिबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा बाणिज्य बैंकहरुको लगानी यथावत राखेपनि कृषि र उर्जाको क्षेत्रमा भने कर्जा प्रवाह बढाउनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले अघिल्लो वर्ष उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत लगानी गर्नुपर्ने र कुल लगानीको १२ प्रतिशत कृषि र उर्जामा लगानी गर्नुपर्ने वाध्यात्मक ब्यवस्था राखेको थियो । अहिले उत्पादनशील क्षेत्रमा बाणिज्य बैंकहरुले गर्नुपर्ने कर्जा २० प्रतिशतलाई यथावत राखिएपनि कृषि र उर्जा क्षेत्रमा भने १५ प्रतिशत लगानी गनुपर्ने व्यवस्था ल्याइएको छ । केन्द्रीय बैंकले नीजि क्षेत्रको लगानी समेत २० प्रतिशतले वृद्धि हुने अपेक्षा राखेको छ ।