बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिनको २ अर्ब रुपैयाँको, १८२ दिनको ११ अर्ब ८५ करोड रुपैयाँको र एक वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो। उक्त बिल खरीदका लागि लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्नुपर्ने छ ।
(ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।)
