Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

श्रम सूचना बैंक स्थापना गरीने

२०७७ जेष्ठ २ गते

सरकारले श्रम सूचना बैंकको स्थापना गर्ने भएको छ । यस्तो बैंकले रोजगारीको खोजीमा रहेका र रोजगारदाताबीच समन्वय गराउने छ । सबै स्थानीय तहमा सञ्चालनमा ल्याइएको रोजगार सेवा केन्द्र स्थापना र रोजगार व्यवस्थापन सूचना प्रणालीलाई थप विकसित गर्दै श्रम बजारमा रहेका श्रमिकको सीप र क्षमताको उपयोग गर्न सहज हुने गरी उनीहरुको व्यक्तिगत विवरण रहेको श्रम सूचना बैंक स्थापना गरिने जनाइएको छ । यस्तै, रोजगारदाता र श्रमिक सङ्गठनबीच असल श्रम सम्बन्धको विकास उल्लेख छ।

Ad