Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना भाइरसले विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरसम्मको नोक्सान हुन सक्ने

२०७७ जेष्ठ २ गते

एसियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरस (कोभिड-१९) को महामारीले विश्व अर्थतन्त्रमा आउने आर्थिक मन्दीका कारण ५८ देखि ८८ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने उल्लेख गरेको छ । एडीबीले कोरोना भाइरस महामारीको अनुमानित प्रभावको प्रतिवेदनका आधारमा यस्तो जानकारी दिएको हो । प्रतिवेदन अनुसार चीनले मात्रै १६ खर्बसम्म गुमाउन सक्ने देखिएको छ भने एसिया क्षेत्रमा १७ देखि २५ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने अनुमान गरीएको छ।

Ad