बैंकिङ खबर । मंगलबार कोरोना संक्रमण पुष्टि भएकामध्ये भक्तपुरमा सशस्त्र प्रहरी र स्टाफ नर्स रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला स्टाफ नर्स रहेको बुझिएको हो । त्यस्तै, २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्दै आएकी छन् । उनी सुनसरीबाट दुई दिनअघि भक्तपुर आएको बतायएको छ ।