July 14th, 2016

वाणिज्य बैंकको पुँजी अझै पर्याप्त छैन : गभर्नर डा. नेपाल

chiranjibi nepal (3)नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बाणिज्य बैंकको पुँजी ८ अर्बले पनि नपुग्ने बताएका छन् । विहिबार विहान सनराइज बैंक र नारायणी नेशनल फाइनान्सको एकीकृत कारोबारको शुभारम्भ गर्दै गभर्नर डा. नेपालले वाणिज्य बैंकहरुको पुँजी अझै बढाउनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, पुगेन भने भन्नुस म ८ अर्बबाट बढाएर १६ अर्ब पुर्याइदिन्छु ।

गभर्नर नेपालले सरकारले सुविधा दिँदा पनि निजी क्षेत्रले काम गर्न नसकेको बताए । उनले भने, तपाईहरु काम गर्नुस, लगानी गर्नुस, पैसाको कमी हुँदैन । अप्ठ्यारो पर्दा राष्ट्र बैंकले सहयोग गर्ने समेत उनले स्पष्ट पारे ।