बैंकिङ खबर / स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा र प्रतिशेयर आम्दानी बणएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले गत आवको सोही अवधिको तुलनामा ६ करोड ८१ लाख रुपैयाँ बढी अर्थात १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवमा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको मूल्य आम्दानी अनुपात १९.६७ गुणा कायम रहेको छ ।