Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

माछापूछ्रे बैंकमा जागीर खुल्यो, अनलाइनबाटै आवेदन

admin २०७३ असार ३१ गते
सेयर:

maxaनेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त वित्तीय संस्था माछापूछ्रे बैंकमा जागीर खुलेको छ । बैंकले अफिसरदेखि रिसेप्सनिस्टसम्मको पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आईटी डिपार्टमेन्टका लागि अफिसर अथवा जुनियर अफिसर,  उपत्यका र उपत्यकाबाहिरका शाखाहरुका लागि व्यवस्थापन प्रशिक्षार्थी, उपत्यका बाहिरका शाखाहरुका लागि जुनियर एसिस्टेन्ट प्रशिक्षार्थी र रिसेप्सनिस्ट पदका लागि आवेदन दिन दक्ष र इच्छुक नेपाली नागरिकलाई आह्वान गरेको हो । 

कसरी दिने आवेदन ?
आवेदकले सुरुमा अनलाइन एप्लिकेसन फारम भरेर बुझाउनुपर्ने हुन्छ । साथै, जागीरको लागि निवेदन, भर्खरै खिचेको पासपोर्ट साइजको रंगीन फोटो र आफ्नो अन्तिम डिग्रीको प्रमाणपत्रको फोटोकपि पनि अनलाइनमार्फत नै बुझाउनुपर्ने हुन्छ । आवेदन बुझाउने मिति साउन १२ गते अर्थात २७ जुलाईको साँझ ५ बजेसम्म रहेको छ । 

थप जानकारी चाहिएमा बैंकको कर्पोरेट कार्यालय लाजिम्पाट काठमाडौँको फोन नम्बर ४४२८५५६ अथवा इमेल ठेगाना hrd@mbl.com.bp मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै, बैंकको वेभसाइटwww.machbank.com नि हेर्न सक्नुहुनेछ । 

आवेदन फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।