असार मसान्तसम्मका लागी बाँकि कर्जामा ३% ब्याज छुट
बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको रोमथाम, नियन्त्रण तथा उपचार कोषमा १२ हजार आर्थिक सहयोग गरेको छ । लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार हेटौडा उपमहानगरपालीका वडा न.१९,बस्तीपुरका वडा अध्यक्ष नरनाथ सुबेदीलाई संस्थाका तर्फ बाट बस्तीपुर शाखाका शाखा प्रबन्धक मनिष गौतमले १२ हजार रुपैया हस्तान्तरण गर्नुभएको हो।
लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आयस्तर भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएको अवस्थालाइ ध्यान मा राखी वडालाई सहयोग गरिएको संस्थाले जनाएको छ ।
यस आशा लघुवित्त वित्तीय संस्था ले नेपाल राष्ट्र बैंक बाट जारी गरेको निर्देशन बमोजिम कोरोना भाइरसबाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न र कर्जा कारोबारमा सहजता ल्याउन २०७७ असार मसान्तसम्मका लागी बाकि कर्जामा ३% ब्याज छुट गरिएको जानकारी गराएको छ । साथै समयमै आ–आफ्नो बाँकी कर्जा रकम बुझाइ ब्याज छुट को फाइदा लिन हुन अनुरोध गरेको छ । साथै सम्पूर्ण शाखा कार्यालयको सेवाहरु सार्बजनिक बिदाको दिन बाहेक लकडाउन अवधीमा पनि सुचारु रहेको जनाएको छ ।
आशा लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोटको ककंनीमा कर्पोरेट कार्यालय रहि २०७३ सालबाट नेपाल राष्ट्र बैक बाट “घ” बर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तिय सस्था रुपमा देशका २९ जिल्लामा ५५ बटा शाखा कार्यालय मार्फत ५५ हजार सदस्यलाई लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।