Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एकैसाथ गाभिँदै ५ वित्तीय संस्था

admin २०७३ असार ३० गते
सेयर:

nccनेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग अन्य चार वटा वित्तीय संस्था मर्जरको सम्झौता पारित भएको छ । एनसीसी बैंकको बुधबार भैरहवामा सम्पन्न विशेष साधारण सभाले गाभ्ने/गाभिनेसम्बन्धि सो प्रस्ताव पारित गरेको हो । 

सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न/गराउन बैंकको संचालक/व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । मर्जर प्रयोजनको लागि सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न नियुक्त लेखापरीक्षकले तयार पारेको सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए रिपोर्ट) अनुसार सेयर स्वाप रेसियो पनि साधारण सभाले पारित गरेको छ । नेटवर्थका आधारमा एनसीसी बैंक लि. को एक शेयर बरावर कुमारी बैंक लि. को एक शेयर, (१ः१),  इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७), इण्टरनेशनल डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात तीन शेयर (१ः०.७३), एपेक्स डेभलपमेण्ट बैकको शुन्य दशमलव चार आठ शेयर (१ः०.४८) र सुप्रिम डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७) हुनेगरी स्वाप रेसियो सम्बन्धी विशेष प्रस्ताव पारित गरेको जनाइएको छ ।

इन्फ्रास्ट्रक्चर र इण्टरनेशनल डेभलपमेण्ट बैंकले मंगलबार नै विशेष साधारण सभा गरेर मर्जको प्रस्ताव पारित गरिसकेका छन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।