Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अमेरिकामा अप्रिल महिनामा २ करोड भन्दा बढी मानिसको रोजगार गुम्यो

२०७७ बैशाख २७ गते

कोरोना भाइरसले विश्वव्यापी अर्थतन्त्रलाई ठप्प बनाएको छ । अमेरिका पनि यसबाट अछुत रहन सकेको छैन । अमेरिकामा अफिस, कल कारखाना, स्कूल, निर्माण कार्य र स्टोरहरू सबै बन्द छन् । यसले अमेरिकी अर्थव्यवस्थालाई गम्भीर रूपमा असर गरेको छ । जसको कारण अमेरिकी कम्पनीहरूले अप्रिलमा २.०२ करोड रोजगारीलाई कटौती गरेको छ । कोरोना भाइरस महामारीको कारण रोजगार स्थितिको बारेमा जानकारी दिँदै एडीपीले अमेरिकामा रोजगारीमा कटौती नगरिएको कुनै पनि क्षेत्र नभएको बताएको छ ।
अप्रिलमा होटल क्षेत्रमा काम गर्ने ८६ लाख कर्मचारीको रोजगार गुमेको छ । व्यापार, यातायात जस्ता क्षेत्रमा ३४ लाख श्रमिकहरू बेरोजगार भएका छन् । निर्माण कम्पनीहरूले पनि २५ लाख कामदारहरूलाई कटौती गरेका छन् । यस्तै विनिर्माण कम्पनीहरूले पनि १७ लाख कर्मचारीलाई बिदा गरेको छ । यस रिपोर्टले २.१ करोडको रोजगारीमा कटौतीको हुन सक्ने अर्थशास्त्रीहरूको अनुमान छ । हाल अमेरिकामा धेरै राज्यहरू कोरोनाको कारण बन्द रहेका छन् ।

Ad