बैंकिङ खबर । आज शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुका तीन-तीन जनालाई र पर्साका एक जनालाई संक्रमण भएको देखिएको हो। उनीहरु सबैको स्वास्थ्यअवस्था सामान्य रहेको बताइएको छ ।