Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्सद्धारा अनाथ तथा असहाय बालबालिकाहरुलाई खाद्यान्न सहयोग

२०७७ बैशाख २६ गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि. केन्द्रीय कार्यालय धादिङबेसीद्धारा अनाथ तथा असहाय बालबालिकाहरुलाई खाद्यान्न बितरण गरीएको छ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ४ बैकुण्ठपुरी स्थित आमाको माया छात्राबासमा रहेको २३ जना अनाथ तथा असहाय बालबालिकाहरुलाई लकडाउनको कारण बाहय सहयोग नभई खाद्यान्न समाग्रीको अभाव रहेको बेला संस्थाको संस्थागत समाजिक उत्तरदायीत्व अन्तर्गत राहत स्वरुप खाद्यान्न बितरण गरिएको छ । छात्रावासको संचालक समितीको अध्यक्ष डा. नविन बन्धु पहाडीलाई संस्थाको केन्द्रीय कार्यालयको बरिष्ठ प्रबन्धक बिजय कुमारले संस्थाको तर्फबाट चामल ५ बोरा, भुजा ३ बोरा, चना १० किलो र दाल १० किलो बितरण गरिएको कुरा संस्थाको विभागीय प्रमुख सिताराम पंडितले जानकारी गराउनु भएको छ ।

आमाको माया छात्राबासमा रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई संस्थाको खाद्यान्न समाग्री सहयोगले बालबालिकाहरुलाई १५ दिनसम्म खान पुग्ने तथा यस किसिमको सहयोगको लागि अध्यक्ष डा. नविनबन्धु पहाडीले नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थालि परिवारलाई धन्यवाद तथा अभार प्रकट गर्नु भएको थियो ।

Ad