Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नीति तथा कार्यक्रम जेठ २ गते

२०७७ बैशाख २६ गते

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसद्मा प्रस्तुत हुने भएको छ । जेठ २ गते सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त संसदीय बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नुहुनेछ । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पूर्वबजेट छलफल गर्ने परम्परा भए पनि कोरोना प्रकोपका कारण संसद् अधिवेशन ढिलो आ⋲वान भएकाले यसपटक नीति तथा कार्यक्रमभन्दा अघि पूर्वबजेट छलफल हुनेछ । संसद् अधिवेशन वैशाख २६ गते ४ बजेका लागि आह्वान गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मितिलगायत विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले बुधवार छलफल गरेका थिए । संसद् सचिवालयका सहप्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलाका अनुसार प्रतिनिधिसभामा पूर्वबजेट छलफल वैशाख २८, २९ र ३० गते हुनेछ ।

राष्ट्रियसभामा भने २८ र २९ गते मात्रै पूर्वबजेट छलफल गर्ने गरी तयारी भइरहेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिनपहिले नै पूर्वबजेट छलफल गरिसक्नुपर्ने हुन्छ ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad