July 13th, 2016

तोलाको ५८ हजार ८ सयमा झर्यो सुनको भाउ

goldबुधबार सुनको भाउ घटेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार तोलाको २ सय रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ५८ हजार ८ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ५ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ५९ हजार रुपैयाँ र तेजावी सुन तोलाको ५८ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भएको थियो । 

बेलायतले इयु छोड्ने भएपछि विश्व बजारमा नै सुनको भाउ बढिरहेको छ । सोहीअनुरुप नेपालमा पनि कृही समययता बढिरहेको सुनको भाउ बुधबार भने घटेको हो । 

केही समययता, निरन्तर बढिरहेको चाँदीको भाउ भने बुधबार स्थिर छ । महासंघका अनुसार चाँदी ९ सय १५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।