Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वैदेशिक रोजगारीमा गएका ३० प्रतिशतसम्मले रोजगारी गुमाउन सक्ने

२०७७ बैशाख २४ गते

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरूको व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोनाका कारण देशभित्रै उत्पन्न हुने बेरोजगारी र बाहिरबाट फर्कनेहरूको व्यवस्थापनका लागि सरकारले योजनाबद्ध रूपमा काम गर्ने तयारी गरिरहेको बताएका हुन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये ३० प्रतिशतसम्मले रोजगारी गुमाउन सक्ने भन्दै त्यसबाट उत्पन्न हुने चुनौती व्यवस्थापन गर्न सरकारले योजना बनाइरहेको मन्त्री ज्ञवालीले बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा गएकाे ठूलो संख्या स्वदेश फर्किंदा उत्पन्न हुने बेरोजगारीको व्यवस्थापन आउँदा दिनहरूमा ठूलो चुनौतीका रूपमा रहने देखिएको छ ।’

ज्ञवालीले खाडी देशहरूमा बढ्दै गएको कोरोना संक्रमणबाट नेपालीलाई परेको समस्या समाधान गर्न दूतावासमा निरन्तर सम्पर्क गरी आर्थिक समस्यामा पर्नेहरूका लागि राहतको व्यवस्था गर्ने काम पनि भइरहेको बताए । यस्तै, सबै मुलुकमा प्रधानमन्त्रीस्तरबाट र मन्त्रालयस्तरबाट समेत छलफल र उद्धारका लागि पहल भइराखेको उनको भनाइ छ ।

विभिन्न देशले कामदार कटौती गरिरहेको भए पनि अधिकांश देशले भिसाको अवधि तीन महिना थपेकाले भने कुनै समस्या नहुने भन्दै मन्त्री ज्ञवालीले सरकारले पनि  समस्या आउन नदिन पहल गर्ने बताए ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।

Ad