इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले सोसीयल मिडियामा जानकारी दिँदै इटलीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सहित ३ वटा बहुपक्षीय चिकित्सा संस्थामा योगदान गर्न पाएकोमा गर्व महसुस गरेको बताएका छन् । समाचार एजेन्सी सिन्हुआका अनुसार कोन्तेले उक्त बयान उनलाई युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेइनले एक कार्यक्रममा कोभिड-१९ को भ्याक्सीन पत्ता लाउन ७.४ बिलियन यूरो (८.७ बिलियन अमेरिकी डलर) जुटाउन सहयोग गर्न आग्रह गरे पश्चात दिएका हुन् । भोन डेर लेइनको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार इटालीले तीनै संस्थालाई १४० मिलियन यूरो दिने वाचा गरेको छ ।
इटालीले GAVI (विकासशील देशहरूमा खोप केन्द्रमा केन्द्रित एक सार्वजनिक निजी समूह) लाई १२० मिलियन युरो प्रदान गर्नेछ । यसको अतिरीक्त, इटालीले डब्ल्यूएचओ र सार्वजनिक निजी गठबन्धन जो यसको अनुसन्धान परियोजनाहरूको लागि महामारीसँग लड्न चाहनेलाई मद्धत गर्नेछ । कोन्टेले यसमा आफ्नो समर्थन व्यक्त गर्दै इटालीले तीन संस्थालाई सहयोग गरी विकास, उत्पादन, भ्याक्सिन, डायग्नोस्टिक्स र चिकित्सकको समान पहुँच, विकास र उत्पादनमा योगदान र्पुयाउन पाएकोमा गर्व गरेको बताएका छन् ।
