Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सूर्यविनायक प्याब्सनद्धारा कोरोना कोषमा आर्थिक सहयोग

२०७७ बैशाख २१ गते

बैंकिङ खबर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहेका बेला सूर्यविनायक नगरपालिका भित्र सञ्चालित प्याब्सन अन्तर्गतका ३२ बटा संस्थागत विधालयहरुले आफ्नो क्षमता अनुसार ४,७५,०००/- (चार लाख पचहत्तर हजार) जम्मा गरी त्यस मध्ये स्थानीय तहमा कोभिड १९ विपद व्यवस्थापनका लागि सूर्यविनायक नगरपालिकालाई ३,०५,०००/- (तीन लाख पाँच हजार) नगरपालिकाका प्रमुख वासुदेव थापालाई आज प्याब्सन सूर्यविनायक नगर कार्यसमितिका अध्यक्ष सानुराजा कार्की, उपाध्यक्ष दिनेश मैनाली, प्याब्सन भक्तपुरका सल्लाहकार भूवनलाल श्रेष्ठ, समितिका सचिव विनोद काफ्ले, कोषाध्यक्ष भोला चौधरीसहितको टोलीले रकम हस्तान्तरण गर्नुभएको हो ।


संकलित रकम मध्ये बाँकी रहेको १,७०,०००/- (एक लाख सत्तरी हजार) प्याब्सन केन्द्रीय कमिटी मार्फत राष्ट्रिय विपद व्यबस्थापन कोषमा जम्मा गरिने जनाइएको छ ।

Ad