कठिन परिस्थितिमा यी ‘पाँच कुरा’ पैसाको अभावलाई -यसरी सामना गरौं

बैंकिङ खबर । देशभरि लकडाउनको कारण आर्थिक गतिविधि ठप्प छ । धेरै मानिसहरू रोजगार गुम्ने खतरामा छन् । केहीले कम तलब पाइरहेका छन् । यहाँ हामी तपाईंलाई यस्ता ५ वटा कुरा बताउँदै छौं, जसले तपाईंलाई पैसाको अभावको सामना गर्न मद्दत गर्दछ ।

१। नगदका बारे सावधान हुनुहोस्

हाल सपिङ मल, रेष्टुरेन्ट, होटेलहरू बन्द छन् । घरमा बस्दा पेट्रोल र डिजेल र गाडी भाडाको खर्च भएको छैन । अनलाइन किनमेल पनि खासै छैन । लकडाउनले मासिक घरेलु खर्चहरू तल ल्याएको छ । सीमित स्रोतहरूमा कसरी बाँच्ने भनेर यस अवधिमा अभ्यास गर्न सकिन्छ । आज कसैले पनि जन जीवन कहिले सामान्य हुने भन्ने बारे बताउन सक्दैन । इमरजेन्सी फंडको महत्व यस्तो समयमा बुझिन्छ । हामीले कम्तिमा छ महिनाको इमरजेन्सी फंडलाई बनाउनै पर्छ । यो संकटको समयमा उपयोगी हुन्छ ।

इमरजेन्सी फंडको महत्व यस्तै कठिन समयमा महसुस हुन्छ । “यदि तपाईंले यस्तो फंड सिर्जना गर्नुभएको छैन भने, तपाईंले आफ्नो खर्चहरू कटौती गरेर यसलाई बनाउनु पर्छ । यो आवश्यक खर्चहरू पूरा गर्न सहयोगी हुन्छ । तपाईले आफ्नो खर्च कम गर्नु पर्छ । बैंक ब्यालेन्स कायम राख्नु पर्छ ।

२। जागीर गुमाउन वा तलब कटौतीको लागि तयार रहनुहोस्
सबै क्षेत्रमा उत्पादन र खपत ठप्प भएका कारण तलब कटौती, वा रोजगारी जान सक्ने भएकाले यसको लागि तयार रहनुहोस् । यस्तै जागीर खोज्नेहरुको अन्तर्वार्ता रद्द हुन सक्ने, प्रतिक्रियामा ढिलाइ र रोजगार प्रस्तावमा ढिलाई हुन सक्छ । यसैले यी सबैका लागि पनि तयार रहनुहोस् । अग्रिम बजेट बनाएर राख्दा यस्ता समस्याको सामना गर्न सजिलो हुन्छ । सम्भव भएसम्म जीवन शैली खर्च कम गर्नुहोस् । वैकल्पिक आयका साधनहरू खोज्न सुरु गर्नुहोस् । बजारमा आएकानयाँ अवसरहरूमा नजर राख्नुहोस् । अब कम्पनीहरूले लागत घटाउने प्रयास गर्नेछन् यसको ख्याल राख्नुहोस् ।

३। कर्जा लिनबाट जोगिनुहोस्
कर्जालाई रोगको रूपमा लिनुपर्छ । यस समय साथीभाई तथा आफन्तहरूसँग समेत ऋण नलिनुहोस् । क्रेडिट कार्ड केही समयको लागि राख्नुहोस् र नगद वा डेबिट कार्डबाट सबै भुक्तानीहरू गर्नुहोस् । ऋणबाट कोसौपर नै रहनुहोस् ।

४। सीप बढाउँदै गर्नुहोस्
लकडाउनमा काम गर्दा, सीप बढाउने तरिकाहरू खोज्नुहोस् । अनलाइन कोर्सहरू यसको लागि उपयोगी साबित हुन सक्छ । तपाईंको सीभी अपडेट गर्नुहोस् । लकडाउन समाप्त भए पछि यो तपाइको उपयोगी हुनेछ ।

५। तपाईको सम्पत्तिको समीक्षा गर्नुहोस्
तपाईको सम्पत्ति समीक्षा गर्ने यो उत्तम समय हो । आफ्नो सम्पतिको समिक्षा गरेर एउटा वित्तीय योजना बनाउनु हो । सकेसम्म अनावश्यक खर्च कम गर्नुहोस् । हाल धेरै लगानी गर्ने र लगानी पूर्ण रूपमा फिर्ता लिने समय होइन, यसबारे सतर्क रहनुहोस् ।