लकडाउनको मौका छोपेर कृत्रिम मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद सकिएका वस्तु तथा बढी मूल्यमा बिक्री तथा नापतौलमा ठगी हुन थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायले बजार अनुगमन तीव्र पारेका छन् । व्यापरीले मौका छोपेर उपभोक्तासँग चर्को मूल्य लिइने मात्र होइन पुुराना तथा कमसल वस्तुको बिक्री र खासगरी खाद्य पदार्थमा मिसावट गरिने विगतको अनुभव छ ।
नेपालको संविधान र उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ताका अधिकार संरक्षण गरेका छन् तर जीवन मरणसँग सम्बन्धित औषधिमा समेत मिसावट वा नक्कलीको बिक्री गरिएका घटना नयाँ लाग्दैनन् । लकडाउनका बेला पनि यस्तै घटना घट्ने हुँदा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले निरन्तर बजार अनुगमन तथा निरीक्षण गरिरहेको छ । विभागले गरेको अनुगमनको कारवाहीमा अधिकांश औषधि पसल तथा खाद्य स्टोर रहेका छन् ।
विभागले वैशाख ११ देखि १८ गतेसम्म बजार अनुगमन तथा निरिक्षणका क्रममा व्यावसायीलाई गरेको कारवाही विवरण यसप्रकार छन्ः
वैशाख ११ गते
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा ज्ञानेश्वरको राजेन्द्र मिट सप र इमाडोलको मुकेश जुस तथा फलफूल पसलमा मूल्य सूची नराखेकोले ५०/५० हजार जरिवाना तिराएको छ । त्यस्तै, विभागले इमाडोलको कटुवाल स्टोर्सले बढी मूल्यमा समान विक्रि वितरण गरेकोले २ लाख जरिवना तिराएको छ भने बाबुलाल फलफूल तथा तरकारी पसलमा मूल्य सूची नभएकोले ५० हजार जरिवान तिराएको छ । त्यसैगरी कालिन्चोकको खाद्य स्टोर इमाडोललाई सामान्य कैफियतमा तत्कालै सुधार गर्न विभागले निर्देशन दिइएको छ ।
बैशाख १२ गते
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरोश्वरको कान्तिपुर सर्जिकलले बिल विजक जारी नगरेको र महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालीले पीपीई सेट बढी मूल्यमा बिक्रि गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) (क) अनुसारको अनुचित व्यापारिक क्रियाकलाप गरी ३८(ङ)को कसुर गरेको देखिदा ३९(१)(ख) बमोजिम दुई दुई लाख जरिवाना तिराएको छ ।
त्यस्तै, सुकेधाराको कालिका ट्रेडस प्रालीलाई एन ९५ मास्क बढी मूल्यमा बिक्री गरेको आरोपमा ३ लाख जरिवाना तिराएको छ भने महाराजगंन्जको पञ्चकन्या फार्मेसी, पानीमा मेडिकल हल र अभिषेक मेडिलिङ्क प्रालीलाई सामान्य कैफियतमा सुधार गर्न निर्देशन दिइएको छ ।
वैशाख १३ गते
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सातदोबाटोमा रहेको प्रतिमा फार्मेसीले सर्जिकले बढी मूल्यमा मास्क बिक्री गरेको र शिव कोल्ड स्टोरले बिल विजक जारी नगरेको पाइएकोले दुई÷दुई लाख जरिवाना तिराएको छ ।
त्यस्तै, विभागले डिल्लीबजारको राजु फ्रेस हाउसमा मासुको मूल्य सूची नभएकोले ५० हजार जरिवाना तिराइएको छ भने भण्डारी सर्जिकल हाउसले अनुगमनका क्रममा व्यवसाय दर्ता प्रमाणपत्र देखाउन नसकेकोले ५० हजार जरिवाना तिराइएको छ ।
वैशाख १४ गते
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्तरढोकामा रहेको प्रेरणा औषधी पसलले व्यावसाय दर्ता प्रमाणपत्र व्यवसायस्थलमा नराखेकोले ५० हजार जरिवाना तिराएको छ भने ओम सर्जिकल कन्र्सन प्रालीलाई तीन दिन भित्र विभागमा उपस्थित हुन भनिएको छ ।
त्यस्तै, विभागले लाजिम्पाटमा रहेको सस्तो दराज डटकम र न्यू हिमालय सर्जिकल हाउसले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) (क) अनुसारको अनुचित व्यापारिक क्रियाकलाप गरी ३८(ङ)को कसुर गरेको देखिदा ३९(१)(ख) बमोजिम दुई÷दुई लाख जरिवाना तिराएकोे छ।
वैशाख १५ गते
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले कपनमा रहेको अमरावती खाद्य भण्डारले अनुचित व्यापारिक क्रियाकलाप गरेकोले २ लाख जरिवाना तिराएको छ भने कपनमै रहेको एमबीटी खाद्य सप्लायर्सलाई १ लाख जरिवाना गरिएको छ ।
त्यस्तै, विभागलेअनुचित व्यापारिक क्रियाकलाप गरेकोले जिएन स्टोरलाई ५० हजार र भाटभटेनी स्टोर्स टंगाललाई ३ लाख जरिवाना तिराएको छ ।
वैशाख १६ गते
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको लोकन्थलीमा रहेको सिद्धार्थ फ्युल सेन्टरलाई नमुना परिक्षणको रिपोर्ट नआन्जेलसम्म विक्रिवितरणमा रोक लगाई सिल गरेको छ । त्यस्तै, विभागले खुमलटारमा रहेको पिपुल होम केयर र सितापाइलामा रहेको श्री सेलवेज क्यास एण्ड क्यारीले बढि मूल्यमा समान बिक्री गरेकोले दुई÷दुई लाख जरिवाना तिराएको छ भने नरेफाटमा रहेको स्टार फुड प्रोडक्ट्सलाई सरसफाईमा थप ध्यान दिनुपर्ने सुझाव सहित सचेत गराएको छ ।
वैशाख १७ गते
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं टेसिगं प्राली इमाडोलले मास्क र थर्मलगन विक्रि गर्दा बढि मूल्य लिएकोले दुई लाख जरिवाना तिराएको छ भने नेपाल आयल निगम थानकोटर एसआरडग ल्यावोरेटिरिन सन्तुगंल नवरत्न मेडिकल हललाई तीन दिन भित्र विभागमा उपस्थिती हुन भनिएको छ ।
वैशाख १८ गते
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागलेकोटेश्वरमा रहेकोविपी स्टोर्सले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)क बमोजिमको अनुचित कार्य, बढि मुल्य लिई दफा ३८(ङ) को कसुर गरेकोले उक्त ऐनको दफा ३९ (१)ख अनुसार २ लाख जरिवाना तिराएाके छ ।
त्यस्तै, विभागले बानेश्वरमा रहेको मेगा मार्ट प्रालीले बढी मूल्यमा चिनि बिक्री गरेकोले कारवाही गरेको छ भने टेकुमा रहेको काष्ठमाण्डप खाद्य स्टोरले गुणस्तरहिन वस्तु बिक्री गरिेकोले तीन लाख जरिवाना तिराएको छ ।
आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।