Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना असर : दुनिया भरीमा ३० करोडभन्दा बढी बेरोजगार हुन सक्ने

२०७७ बैशाख १९ गते

संयुक्त राष्ट्र संघको श्रमिक इकाई अन्तर्रािष्ट्रय श्रम संगठन (आईएलओ) का अनुसार जुन महिनाभर सम्म करीव ३०.५ करोड मानिसको सधैको लागि जागीर जान सक्ने सम्भावना रहेको छ । कोरोना भाइरस महामारीको कारण संगठनले जागीर जान सक्नेको पूर्वानुमान फेरी बढाएकोे हो । यस संस्थाले अघिल्लो पूर्वानुमानमा १९.५ करोड मानीसको रोजगारी गुम्ने उल्लेख गरेको थियो ।

संगठनले महामारी नियन्त्रण गर्न विश्वव्यापी लकडाउन बढेकाले यसको अनुमान पनि परिवर्तन गर्नुपरेको बताएको छ । संगठनले महामारीका कारण अनौपचारिक क्षेत्रका १.६ अर्ब कामदारलाई जीविकोपार्जनको खतरा बढीसकेको जनाएको छ, किनभने महामारीका कारण उनीहरुको आयस्रोत गुमिसकेको छ ।

एजेन्सीका अनुसार रिटेल र मैन्युफैक्चरिंग रिस्क जस्ता गम्भीर संकटको क्षेत्रमा ४३ करोडभन्दा बढी इंटरप्राइजेज जोखिममा छन् । आईएलओका अनुसार पहिलो महिनामा लकडाउनका कारण मजदुरहरूको आम्दानी ६० प्रतिशतले घटेको छ । अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एशियामा ७० प्रतिशत र एसिया र प्रशान्तमा २१.६ प्रतिशतले गिरावट आएको छ ।

Ad