Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तको साधारण सभा सम्पन्न, स्वेडा लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित

admin २०७७ बैशाख १८ गते
सेयर:

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा सम्पन्न गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपामा भएको कार्यक्रम विश्व स्वास्थ्य सङ्गठले जारी गरेको तथा नेपाल सरकारले तय गरेको कोरोना (कोभिड १९) बाट बच्ने तथा अपनाउनु पर्ने मापदण्डको पूर्ण पालना गर्दै विशेष साबधानी अपनाएर कार्यक्रमको आयोजना भएको हो ।
उक्त विशेष साधारण सभामा सञ्चालक समितिका अध्यक्ष टेक बहादुर बोहराको प्रमुख सभाअध्यक्षतामा सुरु भएको थियो । कार्यक्रममा भिडियो कन्फ्रेन्सका माध्यमले धेरै शेयरधनी समेत प्रत्यक्ष जोडी विशेष साधरण सभाका एजेन्डाहरुमा छलफल तथा निर्णयार्थ प्रस्तुत हुदा स्वेडा लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव सहित अन्य प्रस्ताव सर्वसहमतिले पारित गरिएको थियो ।
चैत्र १७ गते नै आयोजना गरीने भनि सूचना समेत प्रकाशित भएकोमा देशमा विश्वव्यापि माहामारी कोरोनाभाइरस (कोभिड १९)को कारण लकडाउन भएकोले पछि सरेको थियो । संस्थाले पछिल्लो समय सूचना जारी गर्दै सबै साधारण शेयर धनि तथा संस्थापक शेयर धनी सँगको सहमतीमा कार्यक्रमको आयोजना गरेको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।