बैंकिङ खबर । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको रिपोर्ट नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ यु.एस. डलर पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले चालु वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ पुग्ने अनुमान गरेको हो। अघिल्लो आर्थिक वर्षमा नेपालीको आय १ लाख १७ हजार ३ सय ३३ रुपैयाँ थियो ।