संयुक्त राज्य अमेरिकाको विदेश मामिला सम्बन्धी अमेरिकी हाउस कमिटीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आर्थिक सहयोग रोक्न ट्रम्प प्रशासन निर्णयको बारेमा अनुसन्धान सुरु गरेको समितिका अध्यक्ष इलियट एन्गलले जानकारी दिएका छन् ।
सोमबार विदेश मंत्री माइक पोम्पीओलाई लेखेको पत्रमा डेमोक्यार्टिक पार्टीका सांसदले आर्थिक सहयोग रोक्ने निर्णयको बिरोध गर्दै विदेशी विभागसँगे उक्त निर्णयसँग सम्बन्धित अन्य रेकर्ड र जानकारी उपलब्ध गराउन माग गरे ।
एन्गलले पत्रमा विश्वव्यापी महामारीको बीचमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को लागी आर्थिक सहयोग रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय गलत भएको र यसले जीवनलाई जोखिममा पार्ने उल्लेख गरेका छन् । उनले डब्ल्यूएचओ अधूरो भए पनि, संगठनले विश्वभरिका सरकारहरू बीच समन्वयको महत्वपूर्ण भूमिका खेलेको र कोभिड १९ संक्रमणको रोकथाम गर्न हेल्थ इमरजेंसी र महामारीको तुरुन्त घोषणा गरेको जुन राम्रो कदम भएको बताएका छन् ।
उनका अनुसार डब्ल्यूएचओले अफवाह कम गर्न र महामारीको घटना घटाउन अमूल्य प्रयास गरेको छ । यस्तो अवस्थामा कोरोनाको प्रकोप रोक्नुको सट्टा डब्ल्यूएचओलाई आक्रमण गर्नाले अवस्था झनै भयावह हुनेछ ।
