Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नौ महिनामा ४१ अर्बको खाद्यान्न आयात

२०७७ बैशाख १५ गते

चालु आर्थिक वर्षको चैत महिनासम्म ४१ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ४० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी भारतबाट खाद्यान्न आयात भएको हो । मुलुक कृषिप्रधान देश भए पनि माग अनुसार खाद्यान्न उत्पादन हुन नसक्दा बर्सेनि यसरी अर्बौं  रुपैयाँको खाद्यान्न हुने गर्छ ।
खाद्यान्न आयातमध्ये ठूलो हिस्सा धान चामलको रहेको छ । ९ महिनामा २६ अर्ब रुपैयाँभन्दा धेरैको धान चामल आयात भएको छ । सो अवधिमा १९ अर्ब ३२ करोड रुपैयाँको चामल, पाँच अर्ब ६० करोड रुपैयाँको धान, ८४ करोड रुपैयाँको कनिकालगायत आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि चैतसम्म ४० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६१ करोड रुपैयाँले धेरै हो । विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा पछिल्लो समय अत्यावश्यक वस्तुको मात्र आयात भएको छ । लकडाउनका कारणले पछिल्लो समय आयातमा कमी भएको छ ।
लकडाउनका कारण अत्यावश्यक वस्तु बाहेक अरु सामान आयातमा रोक लगाइएकाले चैत महिनामा आयात आधाले घटेको छ । पछिल्लो समय आयातमा ९ महिनामा आया ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ७.४५ प्रतिशतले कम हो । आव २०७५/७६ को पहिलो आवमा १० खर्ब ६१ अर्ब ६१ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।

Ad