२०७७ बैशाख १३ गते

नेपालमा १२ जनाले कोरोना जितेर घर फर्किए

बैंकिङ खबर । नेपालमा कोरोना जित्नेहरुको संख्या बढ्दो क्रममा छ, हाल नेपालमा कोरोना भाइरसलाई जितेर १२ जना घर फर्किएका छन् । अन्य ३७ जनालाई भने विभिन्न स्थानमा आइसोलेशनमा राखेर उपचार गरिँदैछ। हाल सबैको अवस्था सामान्य रहेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९ हजार तीन सय ३६ जनामा नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको छ।