Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५० लाख सम्मका कृषि उद्यमीलाई ऋणको व्याज मिनाहा हुने संकेत

२०७७ बैशाख १३ गते

बैंकिङ खबर । कोरोना संक्रमणको सन्त्रास र लकडाउनका कारण उत्पन्न विषम परिस्थितमा ५० लाख सम्मका कृषि उद्यमीलाई व्याज मिनाहा गर्ने प्रस्ताव गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशले यस्तो प्रस्ताव गरेको हो । केन्द्रीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा ५० लाख रुपैयाँसम्म कृषि ऋण लिएका कृषि उद्यमीलाई ब्याज मिनाहा गर्न भनिएको छ । साना किसानलाई राहत पुग्नेगरी यस्तो प्रस्ताव गरिएको बागमती प्रदेशका कृषिसचिव डा. योगेन्द्रकुमार कार्कीले बताएका छन् । ‘५० लाख रुपैयाँसम्म कृषि ऋण लिएको प्रमाणका आधारमा ब्याज मिनाहा गरिने बताइएको छ । कृषि मन्त्रालयको स्वकिृति भएका प्रदेश ३ का कृषक र कृषि उद्यमीलाई यस्तो राहत मिल्ने छ ।

Ad