बैंकिङ खबर । सरकारले विश्व बैंक समूहबाट १० करोड डलर अर्थात ९१२ अर्ब रुपैयाँ ऋण लिने भएको छ । मन्त्रिपरिषदको वैशाख ८ गतेको बैठकले उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।
राजस्व संकलन ठप्प भएपछि सरकारले वैदेशिक ऋण तथा सहायता लिने रणनीति बनाएको हो । यो ऋण लिनका लागि नेपाल सरकारले वार्ता टोली गठन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति समेत दिईसकेको छ । कोरोना महामारीका कारण सरकारी दायित्व बढ्ने भएकाले यस्तो ऋण लिन लागिएको मन्त्रालयको भनाई छ ।
यसअघि पनि सरकारले सहुलियत ऋणका लागि एसियाली विकास बैंक एडीबीसँग पनि प्रस्ताव गरेको छ ।