बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले रिक्त रहेको कार्यकारी निर्देशक पदमा ३ जनालाई बढुवा गरेको छ । कार्यकारी निर्देशकमा बढुवा हुने हरुमा रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धर रहेका छन् । सम्भावित रहेकाहरुबाट उनीहरुलाई सीफारीस गरीएको हो । पदपूर्ति गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली, २०६८(तेस्रो संशोधन समेत) को विनिमय ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम ) पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनिमय ६५ को उपविनियम (२) अनुसार उनीहरुलाई बढुवा गर्ने निर्णय भएको केन्द्रीय बैंकले जनाएको छ ।