Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहुलियत कर्जा अर्थात सस्तो व्याजको कर्जा के हो ? के के कामको लागि निकाल्ने ?

२०७७ बैशाख १२ गते

बैंकिङ खबर । नेपाल सरकारद्धारा निश्चित ब्याज प्रतिशत अनुदान दिने गरी उपलब्ध गराईने कर्जालाई सहुलियत कर्जा भनिन्छ । यसले व्यवसायिकतामा जोड दिदै बेरोजगारीको सख्यामा कमि ल्याउने, गरिबी न्यूनिकरणमा जोड दिने गर्छ । सरकारले कृषि तथा पशुपन्क्षीजन्य क्षेत्रको व्यवसाय प्रबद्र्धन गर्न, उत्पादन एवं रोजगारी अभिबृदि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुक भित्र रोजगारीका अवसर श्रृजना गर्न, बिदेशबाट फर्केका युवालाई बिदेशमा आर्जन गरेको सीप र ब्यवसायिक दक्षता उपभोग गरी उनीहरुलाई स्वरोजगार बनाउन सहयोग गर्न सहुलियत कर्जा दिने गर्दछ । यसरी सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जाका लागि ब्याज अनुदान दिने जनाएको छ । यसबाट महिला शसक्तीकरणका लागि, आर्थिक रुपमा बिपन्न, सिमान्तकृत समुदाय तथा लक्षित बर्गका बिद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण लिन चाहने लाभान्वित हुनेछन् ।

यो कर्जा लिनका लागि आफुसंग भएको सीप तथा दक्षता संग सम्बन्धित आफुले गर्न चाहेको ब्यवसायिक योजना सहित बैंककमा गई यस कर्जाको बारे जानकारी लिई कर्जा लिन सकिन्छ । यसमा बैंकले ग्राहकले गर्नखोजेको पेशा, ब्यवसाय र उसको ब्यवसायिक योजनाबाटै कर्जाबारे निर्णय लिन्छ । यस्तै हाल कोरोनालाई समेत लक्षीत गरी बैदेशिक रोजगारीमा जाने अनुमति लिई जान नपाएका व्यक्तीले संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिई उद्योग व्यवसाय संचालन गर्न चाहेमा निवेदन दिएको ७ दिन भित्र सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

Ad