Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१४ वर्षपछि ऋणमुक्त भयो आयल निगम

admin २०७३ असार २७ गते
सेयर:

nocनेपाल आयल निगम ऋणमुक्त भएको छ । पेट्रोलियम पदार्थ आयातमा एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको संस्थान नेपाल आयल निगम १४ वर्षपछि बल्ल ऋणमुक्त भएको हो । निगमले आइतबार अर्थ मन्त्रालयलाई ८० करोड ऋण र ६१ करोड रुपैयाँ ब्याज भुक्तानी गरेपछि ऋणमुक्त भएको हो । निगमले आर्थिक वर्ष ०७०/७१ सम्म लिइएको ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण चुक्ता गरेको हो ।  

०७१ असोज १३ मा डिजेल, पेट्रोल र मट्टीतेलमा स्वचालित मूल्य लागू गरिएसँगै निगम निरन्तर नाफामा गएको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य घटेअनुरूप नेपालमा मूल्य समायोजन नहुँदा निगमको नाफा उच्च छ । निगमले ०७१ माघदेखि नै ऋण तिर्न सुरु गरेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।