२०७७ बैशाख ९ गते

महामारी अर्को चरणमा प्रवेश गरेको भन्दै डब्ल्यूएचओद्धार सतर्कता

बैंकिङ खबर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अड्नोम गेबेरिसले हटाउनु महामारीको अन्त्य नभएको, बरु अर्को चरणको शुरुवात भएको बताएका छन् । महामारी विरुद्धको अर्को चरणको गम्भीरतालाई जोड दिँदै उनले सबै देशहरूले भाइरस रोकथामका लागि नागरिकहरूलाई शिक्षित, प्रोत्साहित र सशक्त बनाउनु पर्नेमा जोड दिए । जी ट्वाइन्टी समूहका स्वास्थ्य मन्त्रीहरूसँग भर्चुअल बैठकमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले भने “हामी उत्साहित छौं कि धेरै जी ट्वाइन्टी देशहरूले सामाजिक प्रतिबन्धहरू कम गर्नका लागि विचार गरिरहेका छन् तर यो प्रक्रिया चरणबद्ध हुनु आवश्यक छ ।’ उनले जी ट्वाइन्टी जस्ता समूह नभएका धेरै देशहरू महामारीको सामना गर्ने क्षमता नभएर भाइरस छिटो फैलिरहेकोमा दुख व्यक्त गरे ।