२०७७ बैशाख ९ गते

प्रधानमन्त्रीज्यू, सरकारले ‘मजाक’ गर्यो ! राहतको महसूस भएन जनतालाई

बैंकिङ खबर । सरकारले घर भाडा छुट हुन्छ भन्यो । तर भएन । सरकारले स्कूल फि छुट हुन्छ भन्यो त्यसमा पनि शैक्षिक संस्थाले पुरा गर्ने छाँटकाट देखिएको छैन । बैंकहरुले पनि धमाधम किस्ता काट्ने काम गरे । यसरी हेर्दा सरकारी राहत आत्रफोस पैदा गर्ने मात्रै बनेको छ । सरकारले मन्त्रीपरिषदको बैठकबाटै यस्तो राहत ल्याएको थियो । मन्त्रीपरिषदको बैठक बसेर सरकारले राहत घोषणा गर्यो । उता नेपाल राष्ट्र बैंकको सहुलीयत घोषणा पनि त्यत्ति प्रभावकारी भएन । सरकारले स्कूल फि, घरभाडा आदी छुट गर्ने बताउँदा बताउँदै केही फाटफुट नगन्य व्यक्ति बाहेक अरु कसैले घाभाडा छुट दिने अबस्था देखिएन । अर्कोतिर उद्योगी व्यबसायीहरु पनि उस्तै निराश देखिएका छन् । जसले अर्थमन्त्री र गभर्नरलाई भेटेर आफ्ना मागहरु अघि सारेका छन् । बैंकिङ क्षेत्रले निक्षेपतर्फको व्याज १ प्रतिशतले घटाएसँगै बैंकहरु कर्जाको व्याज घटाउने तयारीमा छन् । तथापी बैंकहरुले हालको अबस्थामा निक्षेपमा घटाएकै सरह कर्जामा १ प्रतिशत मात्रै व्याज घटाउने अनुमान गरिएको छ । यस बाहेक सरकारले सहुलीयत स्वरुप केही नयाँ योजना ल्याए मात्रै थप राहत हुन सक्छ । सरकारले घोषणा गरेको राहत कागजमै सिमिति भएपछि आम नागरिकहरु सरकारलाई भरोसा गर्न छाडेका छन् भने कतिपय आक्रोसीत भएका छन् । जसले सामाजिक संजालमा आक्रोस व्यक्त गर्ने बाहेक उनीहरुले अरु केही गर्न सक्ने अबस्था छैन । के सरकारी राहत कहिँ कतै कसैले पाएहोलान् ? अधिकाँसको प्रश्न बन्ने गरेको छ । के के थिए त सरकारी राहत ? सरकारले आफूले दिने भन्दा पनि घोषणाकै लागि घोषणा गरेपछि यतिवेला सरकारी राहत प्याकेज ‘मजाक बेको छ ।