२०७७ बैशाख ९ गते

बैंकिङ र गैर बैंकिङको वित्तीय अबस्था अध्ययन गर्दै आरबीआई

बैंकिङ खबर । भारतीय रिजर्व बैंक आरबीआईले लकडाउनकै समयमा बैंक र गैर बैंकिङ वित्तीय कम्पनीहरु (एनबीएफसी) को बारेमा अध्ययन गर्ने भएको छ । त्यहाँ रकेको पैसाको बारे अध्ययन गरेर मनि लन्डरिंग र आतंकवादीको कोषको जोखिम लाई आकंलन गर्न नियमित रुपमा अध्ययन गर्ने व्यबस्था गर्न लागेको बताइएको छ । आरबीआईले केवाईसीको दिशानिर्देशमा पनि एक नयाँ धारा थप गरेको छ । आरबीआईले एक सर्कुलरमा यसको नियन्त्रणमा रहेका इकाईहरूले निश्चित समयावधिमा मनी लन्डरिंग र आतंकवादीको कोषको जोखिम आकलन गर्ने व्यवस्था गर्नेछ । साथै, ती ग्राहकहरु, देशहरु, उत्पादनहरु, सेवाहरु र लेनदेन वा वितरण च्यानलहरु को लागी जोखिम हटाउन को लागी प्रभावकारी कदम चाल्ने छ ।
यसमा नियन्त्रित इकाइहरुले मनी लड्रिंग र आतंकवादीको कोषको जोखिमको आकलन गर्दा केही बिशेष असर, प्रभाव पर्ने भए नियामन निकाय वा निरीक्षकहरूले समय समयमा यसको बारेमा जानकारी सेयर गर्न सक्दछन् । आरबीआईका अनुसार यसद्वारा नियन्त्रित इकाईहरूले तिनीहरूको आकार, भौगोलिक उपस्थिति, जटिलता र गतिविधिहरूको संरचनालाई ध्यानमा राखी आन्तरिक जोखिमको आकलन गर्नुपर्छ । आरबीआई द्वारा नियन्त्रित संस्थामा बैंक, वित्तीय संस्था, एनबीएफसी र भुक्तान प्रणाली प्रदायकहरू सामेल छन् । आरबीआईले नयाँ केवाईसी तत्काल प्रभावको साथ लागू भएको समेत जानकारी दिएको छ ।