April 21st, 2020

नेपालको वैदेशिक व्यापार प्रवृत्ति र यसका चुनौतीहरु

-सुशील भट्टराई

कुनै पनि देशले विश्वका कुनै देशसंग गरिने वस्तु तथा सेवाको विनिमय वा कारोवार नै बैदेशीक व्यापार हो । यसलाई मुख्यतः दुई वटा आयामहरु, आर्यात र निर्यातबाट हेर्न सकिन्छ । नेपालमा प्रजातन्त्रको पुनस्थापनासगै द्रुतत्तर गतिमा अगाडी वढाइएको आर्थिक उदारिकरणको निती पश्चात नेपालको वैदेशकि व्यापारमा उल्लेखीय परिमाणमा बढेको देखीनेछ । नेपालको शोधनान्तर स्थिती र विदेशी विनिमय सञ्चितिको स्थिती मुख्य रुपमा आर्यातमा हुने भुक्तानी र विप्रेषण आप्रवाहले निर्धारण गर्ने गरेको छ , नेपालको संविधानले आयातलाई व्यवस्थापन र निर्यात प्रवद्र्घनको क्षेत्रको वैदेशीक पुजी र प्रविधि लगानीलाई प्रोत्साहन गर्ने निती लिएको छ । वस्तु तथा सेवाको निर्यातको तुलनामा आर्यातको आकार ठुलो र फराकिलो रहेको तथा निर्यातको विस्तार प्राय : स्थिर भएकाले व्यापार घाटा निरन्तर वढि रहेको भए तापनि विप्रेषण आयका कारण नेपालको शोधनान्तर स्थिती विगतका अधिकाशं वर्षहरुमा बचतमा रहेको थियो ।

वि.सं. २०३० को दशकमा नेपालको वस्तु निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५.४ प्रतिशत रहेको थियो । आर्थिक उदारीकरणको नीति अवलम्बन गरे पश्चात वार्षिक निर्यात क्रमिकरुपमा बढ्दै आर्थिक वर्ष २०५६/५७ मा कुल गार्हस्थ्य उत्पादनको १३.१ प्रतिशत र पचासको दशकमा औसतमा ९.९ प्रतिशत रहेको थियो । वि.सं. २०६० को दशकदेखि क्रमशः घट्न थालेको यस्तो अनुपात आर्थिक वर्ष २०७५/७६ मा २.८ प्रतिशत कायम भएको छ । नेपालको वार्षिक आयात आर्थिक वर्ष २०३९/४० मा कुल गार्हस्थ्य उत्पादनको १८.७ प्रतिशत र वि.सं. २०३० को दशकमा औसतमा १३.९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०५३/५४ मा कुल गार्हस्थ्य उत्पादनको ३३.४ प्रतिशत र पचासको दशकमा औसतमा २७.७ प्रतिशत आयात रहेको देखिन्छ । त्यस पछिका वर्षहरुमा आयात उल्लेख्यरुपले वृद्धि हुँदैआर्थिक वर्ष २०७५/७६ मा ४०.९ प्रतिशत पुगेको छ । वि.सं. २०२० को दशकमा नेपालको कुल आयातमा भारतको अंश ९८.५ प्रतिशत र कुल निर्यातमा ९७.७ प्रतिशतसम्म पुगेको देखिन्छ । त्यस पछिका वर्षहरुमा भारतको अंश क्रमशः कम हुँदै गई चीन तथा अन्य मुलुकको अंश बढ्दै जान थालेको देखिन्छ । आर्थिक वर्ष २०५३÷५४ मा नेपालको कुल वैदेशिक व्यापारमा भारतको अंश २५.९ प्रतिशतसम्म पुगेको थियो । आर्थिक वर्ष २०७५÷७६ को वार्षिक तथ्याङ्कलाई आधार मान्दा नेपालको कुल वैदेशिक व्यापारमा भारतको हिस्सा करिब ६५ प्रतिशत, चीनको हिस्सा करिब १४ प्रतिशत र अन्य मुलुकको हिस्सा करिब २१ प्रतिशत रहेको देखिन्छ ।

नेपालको वैदेशिक व्यापारको प्रवृत्ति

पछिल्लो पाँच वर्षमा वस्तु आयातको औसत वृद्धिदर १५.२ प्रतिशत र निर्यात वृद्धिदर करिब २ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को पहिलो ६ महिनामा वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई रु. ५७ अर्ब २८ करोड पुगेको छ भने आयात ४.० प्रतिशतले घटेर रु. ६९४ अर्ब ६९ करोड कायम भएको छ ।


यसका चुनौति
निर्यात प्रवद्र्घनको लागी बस्तु र देशगत बिविधीकरण गर्नु
निर्यात योग्य कृषिजन्य वस्तुहरुको उत्पादन र उत्पादकत्व अभिवृद्घि गर्नु
स्वदेशमा उत्पादन प्रोत्साहन तथा वैकल्पिक वस्तुको प्रयोग गरि आयात व्यवस्थापन गर्नु
उच्च व्यापार घाटा कम गर्नु
विप्रेषण आयलाई उत्पादनसग जोड्नु
राष्ट्रिय प्राथमितमप्राप्त क्षेत्रको उत्पादन अभिवृद्घि गर्न लगानी आर्कषित गर्नु
शोधानान्तर बचत कायम गर्नु
विदेशी विनिमय सञ्चितिको पर्याप्तता कायम राख्नु

अन्तत, नेपालको व्यापार घाटा हरेक वर्ष वढ्दै गएको छ । बढ्दो व्यापार घाटामा कमी ल्याउन संरचनात्मक सुधारको आवश्यकता छ । वैदेशिक व्यापारको आकारमा भएको वृद्धि अनुसार निर्यातको हिस्सा बढ्न सकेको छैन । आर्थिक वर्ष २०७५/७६ मा निर्यातको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात २.८ प्रतिशत र कुल व्यापारमा निर्यातको अंश ६.४ प्रतिशत रहेको छ । निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात घट्दै गएको छ । विगत लामो समयदेखि आयातको संरचनामा खासै ठूलो परिवर्तन भएको छैन । निर्याततर्फ भने २०४० को दशकमा अग्रस्थानमा रहेका वस्तुहरुको हिस्सा पछिल्ला वर्षमा उल्लेख्य रुपमा घटेको छ तथापि नेपालको वैदेशिक व्यापार देशगत र वस्तुगतरुपमा विविधिकरण गर्दै गएमा सन्तुलित वैदेशिक व्यापार ,पर्याप्त विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र स्थायित्व सहितको सुदृढ अर्थतन्त्र निर्माण गर्न सकिनेमा एकमत नै छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]