Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

स्याकार ट्रेडिङ र एनआईसी एशियाबीच सम्झौता, होण्डा गाडीमा सहुलियतपूर्ण अटो लोन

२०८३ आश्विन ९ गते

बैंकिङ खबर /  होण्डा कारको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंक लिमिटेडबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार होण्डाका विभिन्न मोडल खरिद गर्न चाहने ग्राहकले एनआईसी एशिया बैंकमार्फत सवारी कर्जा सुविधा लिन सक्नेछन्। बैंकले आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिनभित्र कर्जा प्रक्रिया पूरा गर्ने जनाएको छ।

यो सुविधा होण्डाका सीआर–भी (CR-V), सिटी ईःएचईभी (CITY e:HEV), फिफ्थ जेनेरेसन सिटी (5th Gen City) र एलिभेट (Elevate) लगायतका मोडल खरिदमा उपलब्ध हुनेछ।

सम्झौतापत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर अमित केसी, हेड–मोर्टगेज बैंकिङ एन्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) का प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्।

सम्झौताले होण्डा कार खरिदका लागि ग्राहकलाई सवारी कर्जा प्राप्त गर्ने प्रक्रियामा थप सहजता पुग्ने दुवै कम्पनीले विश्वास व्यक्त गरेका छन्।