Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंक SmartPay IBFT नेटवर्कमा आबद्ध

२०८३ आश्विन ९ गते

बैंकिङ खबर / हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच SmartPay IBFT सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ।

सम्झौतासँगै हिमालयन बैंक एससीटीको SmartPay Network मा आबद्ध भएको छ। अब बैंकका ग्राहकले SmartPay IBFT मार्फत विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्न सक्नेछन्।

SmartPay IBFT एससीटीले सञ्चालन गर्दै आएको अन्तरबैंक रकम स्थानान्तरण सेवा हो। यसमार्फत सहभागी बैंक तथा वित्तीय संस्था, वालेट र रेमिट्यान्स कम्पनीबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्न सकिन्छ।

हिमालयन बैंकको SmartPay Network मा आबद्धताले ग्राहकलाई अन्तरबैंक रकम स्थानान्तरणमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ। साथै, यस्तो अन्तरआबद्धताले डिजिटल भुक्तानी प्रणालीको विस्तार र वित्तीय पहुँच बढाउनसमेत सहयोग पुग्ने एससीटीले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटीले कार्ड, एटीएम, पीओएस, इन्टरनेट तथा मोबाइल बैंकिङ, SmartQR लगायतका डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट, रेमिट्यान्स तथा सहकारी संस्थालाई समेटेर आफ्नो भुक्तानी नेटवर्क विस्तार गर्दै आएको छ।