२०७७ बैशाख ८ गते

बैंकले काटेको किस्ता फिर्ता माग्न थालियो ! ‘राष्ट्र बैंकको सहुलीयत प्याकेज’ अफ्ठ्यारोमा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले जारी गरेको एउटा सर्कुलर विवादको घेरामा परेपछि बैंकिङ क्षेत्रमा समस्या उत्पन्न भएका छन् । राष्ट्र बैंकले ऋण तिर्न नसक्नेहरुका लागि ल्याएको सुविधा सम्पन्न र तिर्न सक्ने अबस्थामा भएका व्यबसायीले पनि प्रयोग गरेको भन्दै बैंकहरुले राष्ट्र बैंकसमक्ष नै गुनासो गर्न थालेपछि समस्या आउन थालेको हो । तीनमहिने सुविधा स्वरुप राष्ट्र बैंकले ल्याएको प्याकेजले चैत मसान्तसम्म ऋण तिर्न नसक्नेलाई राहत दिएको थियो । तर बैंकमा डिपोजिट रकम भएकाहरुले पनि आफ्नो रकम नसोधी बैंकले कर्जा असुल गर्नेगरी कट्टा गरेको, किस्ताको रकम काटेको भन्दै असन्तुष्ट जनाउन थाले । सेवाग्राहीले असन्तुष्ट जनाउन थालेपछि राष्ट्र बैंककले सेवाग्राहीसँग कोडीनेशन गरेर सहकार्य गर्न बैंकहरुलाई लगायो । जसमा समस्या भएका सेवा ग्राहीलाई रकम फिर्ता गर्न भनियो । जव यो कुरा बाहिर आएपछि केही सेवाग्राहीले रकम फिर्ता माग्न थाले ।

एउटा दुइटा गरीगरी रकम फिर्ता माग्नेहरुको चाँप नै लाग्न थाल्यो । यस्तो अबस्था आउन थाल्यो कि राष्ट्र बैंकलाई आफैले गरेको निर्णय आफैलाई समस्या भयो । अहिले यो निर्णय के गर्ने भन्नेबारे राष्ट्र बैंकमा छलफल भइरहेको छ । बैंकबाट कर्जा ल्याएका सर्बसाधारण र कर्जा तथा साँवा र मासिक किस्ता तिर्न नसक्नेका लागि भनेर सहुलीयत प्याकेज ल्याइएको राष्ट्र बैंक र बैंकहरुको भनाई छ । तर सहुलियत प्याकेजमा यो कुरा खुलाइएको छैन । जसले गर्दा तिर्न सक्ने उद्यमीले पनि प्रयोग गर्न थाले । यो कुरा बैंकहरुले राष्ट्र बैंक समक्ष उठाए । सुविधा उपभोग गर्न पाउनु आफ्नो अधिकार भएको व्वसायीहरु बताउँछन् । तर यो सुविधाले केही व्यबसायीलाई भने अराजक बनाउन तर्फ उद्धत गरेको बैंकहरुले बताएका छन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण निकालेका करिब १५ लाख ऋणी छन् । अहिले चैत १६ गते जारी भएको राष्ट्र बैंकको निर्देशन विवादमा परेको छ । राष्ट्र बैंकले स्कीममा कुनै क्षेत्र तोकेको अबस्था छैन । सबैका लागि तीनमहिना सार्नसक्ने आशयको निर्देशन छ ।

राष्ट्र बैंकको सर्कुलर यस्तो थियो