लकडाउनका बेला २० दिनमा १ करोड ९१ लाख रुपैयाँको पिना, १ करोड ४२ लाख रुपैयाँको अन्य कपडा (ऊनी, सुती) र १ करोड ४ लाख रुपैयाँको मेसिनरी पार्ट्स निर्यात भएको छ। ५९ लाख रुपैयाँको प्लास्टिकका सिट, ५८ रुपैयाँको सेन्थेटिक यार्न, ५४ लाख रुपैयाँको कुकुर/बिरालोको खाना, ५२ लाख रुपैयाँको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको विभागको तथ्यांक छ। चैतमा समग्र निर्यात भने ५० प्रतिशतभन्दा बढी घटेको छ। फागुनमा ९ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको थियो। चैतमा निर्यात घटेर ३ अर्ब ९१ करोड रुपैयाँमा झरेको पुडासैनीले बताए।
लकडाउनमा १६ अर्बको आयात
चैतमा लकडाउनका बेला १६ अर्ब १० करोड ४२ लाख रुपैयाँको आयात भएको छ। सबैभन्दा बढी २ अर्ब ८ करोड ७७ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ। दोस्रोमा चामल छ। चामल २० दिनमा ९६ करोड ७८ लाख रुपैयाँ बराबरको आयात भएको विभागको तथ्यांक छ। केराउ गेडागुडी खरिदमा ७० करोड ६६ लाख रुपैयाँ बाहिरिएको छ। १ करोड ४४ लाख १५ हजार किलो केराउ आयात भएको छ। यस अवधिमा ६७ करोड ९६ लाख रुपैयाँको एलोपेथिक औषधि, ५६ करोड ४१ लाख रुपैयाँको सूर्यमूखीको कच्चा तेल, ५५ करोड ५७ लाख रुपैयाँको एमएस बिलेट आयात भएको विभागको तथ्यांक छ। ४९ करोड ५२ लाख रुपैयाँको खाद्यान्न मकै, ४६ करोड ७१ लाख रुपैयाँको भटमासको तेल (कच्चा), ४४ करोड ३३ लाख रुपैयाँको पत्थर कोइला र ४१ करोड ८३ लाख रुपैयाँको भटमासको पिना आयात भएको छ।
५४ प्रतिशत आयात घट्यो
सरकारले लकडाउन गरेपछि चैतको व्यापार ५४ प्रतिशत घटेको छ। भन्सार विभागका अनुसार मासिक औसत १ खर्ब १५ अर्बदेखि १ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात हुन्थ्यो। चैतमा ५८ अर्ब २९ करोड रुपैयाँको मात्रै आयात भएको हो। ‘औद्योगिक र आयोजनाका लागि चाहिने कच्चापदार्थ पनि आयात जरुरी छ। त्यसका लागि आयात खुकुलो पार्नुपर्छ,’ महानिर्देशक दाहालले भने।
लकडाउनअघि (चैत १ देखि १०) सम्म ४२ अर्ब १८ करोड ८० लाख रुपैयाँको आयात भएको थियो। त्यसपछि सरकारले आयातमा कडाइ गर्दै अत्यावश्यक वस्तु मात्रै ल्याउने निर्णय गरेको थियो। जसले गर्दा आयात खुम्चिएको हो। ‘केन्द्रले रोक्नु हुँदैन भन्छ तर स्थानीय प्रशासन र प्रहरीले चामल, दालबाहेक अन्य वस्तु ल्याउनु हुँदैन भन्छन्,’ महानिर्देशक दाहालले भने, ‘एकरूपता भएन। आयात रोक्नुपर्छ भन्ने मानसिकताले समग्र अर्थतन्त्रलाई घाटा गर्छ।’
व्यापार घाटा ८.८८ प्रतिशत घट्यो
मुलुकको व्यापार घाटा करिब ९ प्रतिशत घटेको छ। आव ०७५/७६ को पहिलो ९ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब ७८ करोड थियो। चालु आवको ९ महिनासम्म घाटा घटेर ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँमा झरेको विभागको तथ्यांक छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा घाटा ८.८८ प्रतिशत कम हो। नौ महिनामा वैदेशिक व्यापार ६.१९ प्रतिशत घटेर १० खर्ब ६१ अर्ब ३५ करोडमा झरेको छ। निर्यात व्यापार भने करिब १३ प्रतिशत बढेको विभागको तथ्यांक छ। यो अवधिमा ७८ अर्ब ८१ करोड ८६ लाख रुपैयाँको निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात व्यापार ६९ अर्ब ८२ करोड २३ लाख थियो। मुलुकको आयात व्यापार भने ७.४५ प्रतिशत घटेर ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँमा पुगेको विभागले बताएको छ।
लकडाउनका बेला चैतमा निर्यात भएका प्रमुख वस्तु र रकम
प्रशोधित पाम तेल २९ करोड ३० लाख
भटमासको तेल प्रशोधित ४ करोड ९१ लाख
पिना अन्य १ करोड ९१ लाख
अन्य कपडा (ऊनी, सुती) १ करोड ४२ लाख
मेसिनरी पाटर्स १ करोड ४ लाख
प्लास्टिकका सिट, फिल्म ५९ लाख
सेन्थेटिक यार्न ५८ लाख
कुकुर/बिरालोको खाना ५४ लाख
सूर्यमुखीको प्रशोधित तेल ५२ लाख
चाउचाउ, नुडल्स, पास्ता ४८ लाख
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।
