बैंकिङ खबर । लकडाउनले उद्योग व्यवसाय नै धरासायीको अबस्त्थातिर गएपछि कर्मचारी र मजदुरले ५० प्रतिशत तलव पाउने भएका छन् । नीजि क्षेत्रले संयुक्त रुपमा ५० प्रतिशतमात्रै तलब दिनेगरि सहमति अगाडि बढाएका हुन् । उक्त प्रकृयामा ट्रेड युनियनहरु पनि सहमत भएका छन् । रानीतिक नीकट मजदुर संगठनहरु र व्यबसायीहरुबीच यस्तो सहमति भएको हो । कोरोना संक्रमणको भयावहले गरिएको लकडाउनपछि उद्योग तथा व्यासायहरु पूर्ण रुपमा बन्द छन् । सरकारले तेस्रोपटक बढाएको लकडाउन बैशाख मध्येसम्म जारी छ । त्यसपछि पनि फेरि लकडाउन थपिने सम्भावना रहेको छ ।