बैंकिङ खबर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ लाख ३१ हजार ७ सय २७ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय ५९ पुगेको छ । यस्तै, ५ लाख ९७ हजार १ सय ९४ जना उपचारपछि निको भएर घर फर्केका छन् । विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिन सकेको छैन।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ९ सय १३ पुगेको छ, जसमध्ये ३९ हजार १५ जनाको मृत्यु भइसकेको छ। यस्तै, स्पेनमा १ लाख ९४ हजार ४ सय १६ जना कोरोना संक्रमीत छन्। त्यहाँ हालसम्म २० हजार ६ सय ३९ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ७५ हजार ९ सय २५ जना कोरोनाका संक्रमित छन् त्यहाँ २३ हजार २ सय २७ जनाको ज्यान गइसकेको छ।
यता, छिमेकी मुलुक भारतमा १६ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ त्यहाँ हाल सम्म ५ सय २१ जनाको ज्यान गएको छ ।
यस्तै, नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। जसमध्ये ३ जना उपचार पछि ठीक भएका छन् ।
कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, लण्डन ,चीन जस्ता देशहरु रहेका छन् ।
कोरोना लाइभ अपडेटको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।