Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको ५९ हजार पुग्यो सुनको भाउ

admin २०७३ असार २६ गते
सेयर:

goldसाताको पहिलो दिन सुन सामान्य महँगिएको छ । आइतबार सुनको भाउ तोलाको १ सय रुपैयाँका दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ५९ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

चाँदी पनि तोलाको १० रुपैयाँका दरले महँगिएको छ । महासंघका अनुसार आइतबार तोलाको ९ सय ५ रुपैयाँका दरले चाँदीको कारोबार भइरहेको छ । यसअघि, शुक्रबार चाँदीको भाउ तोलाको ८ सय ९५ रुपैयाँ थियो । 

बेलायतले युरोपेली संघबाट बाहिरिने निर्णय गरेदेखि विश्व बजारमै सुनचाँदीको भाउ लगातार बढ्ने क्रममा रहेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।