साताको पहिलो दिन सुन सामान्य महँगिएको छ । आइतबार सुनको भाउ तोलाको १ सय रुपैयाँका दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ५९ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो ।
चाँदी पनि तोलाको १० रुपैयाँका दरले महँगिएको छ । महासंघका अनुसार आइतबार तोलाको ९ सय ५ रुपैयाँका दरले चाँदीको कारोबार भइरहेको छ । यसअघि, शुक्रबार चाँदीको भाउ तोलाको ८ सय ९५ रुपैयाँ थियो ।
बेलायतले युरोपेली संघबाट बाहिरिने निर्णय गरेदेखि विश्व बजारमै सुनचाँदीको भाउ लगातार बढ्ने क्रममा रहेको छ ।