Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एशियाको आर्थिक बृद्धिदर सून्यमा झर्ने अबस्था

२०७७ बैशाख ५ गते

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो वर्ष कोरोना भाइरस महामारीको कारण एशियाको आर्थिक वृद्धि दर शून्य हुन सक्ने आशंका व्यक्त गरेको छ । यदि यस्तो भयो भने, यो पछिल्लो ६० बर्षकै सबैभन्दा खराब प्रदर्शन हुनेछ । यद्यपि आईएमएफले एशिया अझै गतिविधिहरूको हिसाबले अन्य क्षेत्रहरू भन्दा राम्रो रहेको बताएको छ । आईएमएफले ’कोविड १९ महामारी र एशिया प्रशान्त क्षेत्र १९६० को दशक पछि सब भन्दा कम वृद्धि दर’ शीर्षकको ब्लगमा महामारीले एशिया प्रशान्त क्षेत्रमा गम्भीर र अप्रत्याशित प्रभाव पार्ने उल्लेख गरेको छ । ब्लगमा २०२० मा एशियाको विकास दर शून्य हुने आशंका गरीएको छ । एसियाको आर्थिक वृद्धि दर विश्वव्यापी वित्तीय संकटको अवधिमा ४.७ प्रतिशत र एसियाली वित्तीय संकटमा १.३ प्रतिशत रहेको थियो । शून्य वृद्धि दर करीब ६० बर्षकै सबैभन्दा खराब अवस्था हुनेछ ।
आईएमएफका अनुसार एशियाका दुई ठूला व्यापारीक साझेदार अमेरीका र युरोपमा क्रमशः ६ प्रतिशत र ६.६ प्रतिशतले गिरावट हुने अनुमान गरिएको छ । यस वर्ष चीनको आर्थिक वृद्धि दर पनि २०१९ को ६.१ प्रतिशतबाट घटेर १.२ प्रतिशत हुने अनुमान छ । यस वर्ष विश्वव्यापी अर्थतन्त्रमा तीन प्रतिशतले गिरावट आउने अनुमान छ । आईएमएफले कोविड १९ को कारण एशियामा उत्पादकत्वमा पनि ठूलो गिरावट आउन सक्ने बताएको छ ।

Ad