Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चिनियाँ अर्थतन्त्रको पहिलो त्रैमासिकमा ६.८ प्रतिशतले जीडीपी घट्यो

२०७७ बैशाख ५ गते

बैंकिङ खबर । सन् २०२० को पहिलो त्रैमासिकमा चीनको जीडीपी ६.८ प्रतिशतले घटेको छ, १९७६ पछि पहिलो पटक देशको अर्थतन्त्रमा पहिलो पटक यस्तो गिरावट देखिएको हो । राष्ट्रिय सांख्यिकी ब्युरो ९एनबीएस० ले आज शुक्रबार कोरोनाभाइरस महामारीले अर्थव्यवस्थामा गहिरो प्रभाव पार्न सक्ने बताएको छ ।

एफिस न्युजको रिपोर्ट अनुसार २०१० को पहिलो त्रैमासिक अवधिमा चिनियाँ जीडीपी २०.६५ ट्रिलियन युआन ९४,९१६ बिलियन डलर रहेको छ । चीनले १९९२ मा आफ्नो जीडीपी मापन शुरू गरेको थियो, हालको तथ्याङ्क अनुसार मुलुकको अर्थतन्त्रले ४० बर्षमा यति ठूलो मन्दी भोग्नुपरेको थिएन ।एनबीएसले प्रकाशित गरेको तथ्याङ्क अनुसार मार्चमा जब महामारीको थालनी भएको थियो, अर्थतन्त्र दबाबमा थियो । औद्योगिक उत्पादन जनवरी र फेब्रुअरी महिनामा १३.५ प्रतिशतबाट घटेर ११ प्रतिशतमा पुगेको छ ।  खुदरा बिक्री १५.८ प्रतिशतले घटेको छ भने पहिलो तीन महिनामा पूर्वाधार, आवास, मेसिनरी र उपकरण जस्ता घर जग्गाको लगानीमा १६.१ प्रतिशतले ह्रास आएको छ ।

प्राथमिक उद्योगको मूल्य ३.२ प्रतिशतले घटेको छ, मझौला उद्योगमा ९।६ प्रतिशतले र ठुला उद्योगले ५.२ प्रतिशतले ह्रास पाएकोे छ ।
कोरोनोभाइरस महामारीको कारण पहिलो त्रैमासिक जीडीपी डाटाले चिनियाँ अर्थव्यवस्थाको मन्दीको पुष्टि गरेकोछ । यस हप्ताको सुरुमा, चीनले विदेश व्यापार वर्षको पहिलो तीन महिनामा ६।४ प्रतिशतले गिरावट आएको बताएको छ । हाल चीनको अर्थतन्त्र सुधार गर्ने कोशिस गरिरहेको छ ।

Ad