बैंकिङ खबर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार १ सय ९७ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १लाख ४५ हजार ५ सय २१ पुगेको छ । यस्तै, ५ लाख ४७ हजार २ सय ९५ जना उपचारपछि निको भएर घर फर्केका छन् ।विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिन सकेको छैन।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ, जसमध्ये ३४ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ। यस्तै, स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जना कोरोना संक्रमीत छन्। त्यहाँ हालसम्म १९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ६८ हजार ९ सय ४१ जना कोरोनाका संक्रमित छन् त्यहाँ २२ हजार १ सय ७० जनाको ज्यान गइसकेको छ। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, लण्डन ,चीन जस्ता देशहरु रहेका छन् ।
कोरोना लाइभ अपडेटको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।