Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाली रुपैयाँ निरन्तर ओरालोतिर

२०७७ बैशाख ५ गते

आजका लागि अमेरिकी डलरको मूल्य रू.१२३ .२८ 

 नेपाल राष्ट्र बैंकले शुक्रवार( आज) का लागि अमेरिकी एक डलरको विनिमय दर रू.१२३ र पैसा  २८ ( विक्रीदर) तोकेको छ  । यो हालसम्मकै उच्च हो ।

शुक्रवारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरीद दर भने रू. १२२ र ६८ पैसा तोकेको छ । पछिल्ला दिनमा डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि रुपियाँ पनि कमजोर बन्न पुगेको हो ।

तर नेरु र भारुबीच विनिमय दर भने स्थिर नै छ । स्थिर विनिमय दर भएता पनि नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेको अवस्था छ  । जसले गर्दा भारुको विनिमय दर घटबढ हुँदा नेपाली रुपैयाँ पनि प्रभावित बन्ने गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमणका साथै मृत्युदर बढ्दै जाँदा विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेको अवस्था छ  । जसको असर नेपाली मुद्रामा  पनि परेको छ । 

हेर्नुहोस आजको लागि तोकिएको विनिमय दर:

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad