नेपाल राष्ट्र बैंकले आज बिहीबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ ।
थप जानकारी को लागी तालिकामा विस्तृतमा हेर्नुहोस्ः
नेपाल राष्ट्र बैंक
२०७७ बैशाख ४ गते

