बैंकिङ खबर ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १लाख ३४ हजार ६ सय ११ पुगेको छ भने ५ लाख १० हजार ३ सय ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ, जसमध्ये २८ हजार ५ सय २९ जनाको मृत्यु भइसकेको छ। यस्तै, स्पेनमा १ लाख ८० हजार ६ सय ५९ जना कोरोना संक्रमीत छन्। यहाँ हालसम्म १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ६५ हजार १ सय ५५ जना कोरोनाका संक्रमित छन् यहाँ २१ हजार ६ सय ४५ जनाको ज्यान गएको छ। लण्डनमा कोरोना भाइरस संक्रमितको संख्या ९८ हजार ४ सय ७६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १२ हजार ८ सय ६८जना को मृत्यु भइसकेको छ । कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, लण्डन ,चीन जस्ता देशहरु रहेका छन् ।
