बैंकिङ खबर । राजस्व संकलनमा लकडाउनले असर गरेपछि सरकारले दूरसञ्चार प्राधिकरणको पैसा प्रशाशनिक खर्चमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको १६ अर्ब रुपैयाँ झिक्ने निर्णय गरेको छ । प्राधिकरणसँग रहेको कोषको २४ अर्ब रुपैयाँबाट १६ अर्ब रुपैयाँ झिक्ने भएको छ । उक्त रकम केहीदिनमै सरकारी खातामा पठाइने भएको छ । कोरोना संक्रमणको सन्त्रासले विश्व नै आर्थिक मन्दीतिर जाँदै गर्दा सरकारको राजश्वमा ठुलै असर गरेको छ । जस कारण सरकारले उक्त रकम प्रयोग गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक
खर्च अपुग भएपछि सरकारले दूरसञ्चार प्राधिकरणबाट १६ अर्ब रुपैयाँ झिक्ने
२०७७ बैशाख ३ गते