बैंकिङ खबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आर्थिक सहयोग रोक्न आदेश जारी गरेका छन् । उनले पत्रकार सम्मेलन मार्फत यस्तो घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिले विश्व स्वास्थ्य संगठनको आलोचना गर्दै उक्त संगठनले लामो समयदेखि कोरोनाका खतराहरूबारे थाहा पाइसकेको भएतापनि ढिलो कदम चालेको आरोप लगाएका छन् । केहि दिन अघि मात्र ट्रम्पले डब्ल्यूएचओलाई फंड रोक्न धम्की समेत दिएका थिए । डब्ल्यूएचओलाई आर्थिक सहयोग गर्नेहरुमा अमेरीका पहिलो स्थानमा थियो । यस्तो अवस्थामा अमेरीकाले फंडीङ रोक्ने निर्णयको दूरगामी परिणाम हुने देखिएको छ । अमेरिका बाहेक, चीन, जापान र जर्मनीले पनि विश्व स्वास्थ्य संगठनलाई पनि सहयोग गरीरहेको छ ।